कालोमोसो दलेको आरोपमा नेविसंघ अध्यक्ष पक्राउ



पोखरा

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश दाहालमाथि कालोमोसो दलेको आरोपमा नेपाल विद्यार्थी संघ मोरङका अध्यक्ष सरोज पोखरेल पक्राउ परेका छन् ।

उनलाई बुधबार बिहान सुनसरी र मोरङ प्रहरीको संयुक्त टोलीले मोरङको बुढीगंगाबाट पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालले बताए ।

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. दाहालमाथि सोमबार नेविसंघका कार्यकर्ताले निवासमै पुगेर कालोमोसो दलेका थिए । पोखरेलले कालोमोसो दलेको घटनाको जिम्मा लिएका थिए । कालोमोसो दल्ने घटनामा संलग्न सबैको पहिचान भइसकेको र उनीहरुको खोजी भइरहेको सुनसरीका प्रहरी प्रमुख एसपी ढकालले बताए । विश्वविद्यालय सेवा आयोगको कार्यालयले कालोमोसो दलेको घटनामा पोखरेलसहित ३ जनाविरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा किटानी जाहेरी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja