मादी गाउँपालिकाद्वारा पयर्टन प्रवर्द्धनका लागि घोडा खरिद गर्न अनुदान



पोखरा

कास्कीको मादी गाउँपालिकाले पयर्टन प्रवर्द्धनका लागि घोडा खरिद गर्न अनुदान दिने भएको छ ।

हिमाली भेगमा घुम्न जाने पर्यटकको सहजताका लागि घोडा खरिदमा अनुदान दिन लागिएको  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । “अहिले दररेट माग गर्ने काम भइरहेको छ । हुम्ला, जुम्ला, मनाङ र मुस्ताङका व्यावसायीले दररेट हाल्नुहोला, त्यसपछि लागत साझेदारीका आधारमा पर्यटन व्यवसायीले आधा मूल्य तीर्नेगरी घोडा खरिद गर्न दिने हो”, उनले भने ।

यस गाउँपालिकाको विशेषगरी वडा–१ र २ को हिमाली भेगमा पयर्टक पुगेपनि अहिलेसम्म मोटर बाटो नपुगेकाले घुम्नका लागि घोडा उपयुक्त रहेको मादी–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले बताए । “यहाँको सिक्लेस, ताङ्तिङ्, क्हपुचे ताल, कोरी, क्रपुडाँडा पुग्ने पर्यटकलाई हिड्न समस्या हुन्छ । हाम्रो वडामा गाडी पुग्न बाँकी धेरै पर्यटकीय क्षेत्र छन्”, उनले  भने, “बाटोको अभाबमा हिड्न नसक्ने पर्यटकले दुःख पाइरहेका छन् । उनीहरूका लागि घोडा खरिद गर्न सकियो भने राम्रो हुन्छ ।”घोडा खरिद गर्न इच्छुक वडाभित्रका पर्यटन व्यवसायीलाई वडा कार्यालयमा सम्पर्क गर्न सूचना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja