एसीसी महिला टी–२० एसिया कपमा नेपाल पाकिस्तान ए सँग पराजित



पोखरा

एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा नेपाल पाकिस्तान ए सँग पराजित भएको छ ।

हङकङको मङकङमा आज भएको खेलमा नेपाललाई ९ रनले हराउँदै पाकिस्तान विजयी भयो । पाकिस्तानले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७८ रनमा समेटियो । नेपालकी कविता कुँवरले सर्वाधिक २० रन बनाईन् । यस्तै, कविता जोशीले १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

पाकिस्तानका सईदा शाह र तुवा हसनले समान २–२ तथा अनुशा नासिर र उम्मि हानीले १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर २ बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो । नेपालका ईन्दु बर्माले ३ तथा कविता जोशी, कविता कुवँर र सीता रानामगरले २–२ विकेट लिए । यो जितसँगै पाकिस्तानसमूह ए को शीर्ष स्थानमा उक्लिएको छ । पराजित भएको नेपाल दोस्रो स्थानमा छ । नेपालले दोस्रो खेल १५ जुनमा भारतसँग र १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja