पाकिस्तानमा ट्रकले दुईवटा अटो रिक्सालाई ठक्कर दिँदा छ जनाको मृत्यु



पोखरा

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको कान्धकोट क्षेत्रमा सोमबार एउटा ट्रकले दुईवटा अटो रिक्सालाई ठक्कर दिँदा बालबालिकासहित कम्तीमा छ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

उक्त प्रान्तको कश्मोर जिल्लाको कान्धकोटको साकी मोर क्षेत्रमा ट्रकले दुईवटा यात्रुवाहक रिक्सालाई ठक्कर दिँदा सो दुर्घटना भएको सो क्षेत्रका उपायुक्त मनव्वर अली मिठानीले सञ्चारमाध्यमलाई बताएका छन् । मृत्यु हुनेमा एकै परिवारका तीन बालबालिका र एक महिला रहेको अधिकारीले जानकारी दिएका छन् ।एक जना प्रत्यक्षदर्शीका अनुसार चालकले तीव्र गतिमा रहेको लोडर गाडीले नियन्त्रण गुमाएपछि सो दुर्घटना भएको हो । दुर्घटनापछि घटनास्थलबाट चालक फरार भएका छन् ।-एजेन्सी

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja