प्रधानमन्त्री पत्नी सीता दाहाल नर्भिक अस्पताल भर्ना



पोखरा

प्रधानमन्त्री पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् ।

उनलाई सोमबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो। नियमित जाँचका लागि उनलाई अस्पताल ल्याइएको र अहिले चेकजाँच चलिरहेको अस्पताल स्रोतले जनाएको छ।

दाहाललाई पार्किन्सनजस्तो देखिने एक प्रकारको जटिल रोगले सताएको छ। दाहाललाई देखिएको जटिल रोगलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिने चिकित्सहरुले जनाएका छन्। यो रोग लागेका व्यक्तिलाई हिँडडुलमा समस्या पर्ने, बोल्न र निल्नसमेत कठिन हुने चिकित्सहरु बताउँछन्। यो रोगको संकेत पहिलेदेखि देखिएको भए पनि छोरा प्रकाश दाहालको निधनपछि झनै च्यापेको बताइएको छ। उपचारकै क्रममा रहेकी सीतालाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नर्भिक अस्पताल पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja