पीएसजीले किलिएन एमबाप्पेलाई बेच्ने तयारी गर्दै



 

पोखरा

फ्रान्सको लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्टार फरवार्ड किलिएन एमबाप्पेलाई बेच्ने तयारी गरेको छ ।

एमबाप्पेले क्लबसँगको सम्झौता नवीकरण नगर्ने बताएपछि पीएसजीले उनलाई यही समर सिजनमा बेच्ने तयारी गरेको हो । पीएसजीसँग एमबाप्पेको सम्झौता आगामी सिजनको अन्त्यमा सकिँदैछ । २४ वर्षीय एमबाप्पेले पीएसजीसँगको सम्झौता नवीकरण गर्ने समयसीमा ३१ जुलाइसम्म मात्र छ । तर एमबाप्पेले आफूले सम्झौता नवीकरण नगर्ने जानकारी क्लबलाई गराइसकेको बीबीसीले उल्लेख गरेको छ ।

पीएसजीका कीर्तिमानी गोलकर्ता एमबाप्पेलाई अर्को सिजन फ्री ट्रान्सफरमा पठाउनुभन्दा सम्झौता अवधि सकिनुअघि नै बेचेर पैसा कमाउने पीएसजीको मनसाय छ । एमबाप्पेले सन् २०१८ मा फ्रान्सबाट विश्वकप जितेका थिए । गत वर्षको विश्वकपमा भने एमबाप्पेको टिम अर्जेन्टिनासँग फाइनलमा पराजित हुँदै उपविजेता बन्यो । एम्बाप्पेलाई केही समययता स्पेनिस क्लब रियल मड्रिडले पछ्याइरहेको छ । रियलले गत वर्ष गरेको प्रस्ताव भने एम्बाप्पेले अस्वीकार गर्दै पीएसजीमै बसेका थिए । करिम बेन्जेमा साउदी क्लब अल इत्तिहादमा गएपछि रियल अहिले स्ट्राइकरको खोजीमा छ । रियलको नजर इंग्लिस फरवार्ड ह्यारी केनमा पनि छ ।

सन् २०१७ मा एमबाप्पे मोनाकोबाट लोनमा पीएसजी गएका थिए र पछि पीएसजीमा स्थायी रुपमा अनुबन्ध भए । उनले पीएसजीका लागि २६० खेलमा २१२ गोल गरिसकेका छन् । एमबाप्पे पछिल्लो पाँच सिजनदेखि लिग वानको सर्वाधिक गोलकर्ता छन् भने पीएसजीमा ६ सिजन बिताउँदा पाँच लिग उपाधि जितेका छन् । यस्तै उनले फ्रान्सका लागि ६८ खेलमा ३८ गोल गरेका छन् । पीएसजीले एमबाप्पेसँगै नेमार र लियोनल मेसी जस्ता खेलाडी भित्र्याए पनि च्याम्पियन्स लिग भने जित्न सकेको छैन । मेसी पीएसजी छाडेर अमेरिकी क्लब इन्टर मियामीमा जाने पक्का भइसकेको छ । सर्जियो रामोसले पनि पीएसजी छाडिसकेका छन् । एमबाप्पेले छाडे उनी क्लब छाड्ने मेसी पछि दोस्रो ठूलो स्टार हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja