दक्षिण एसियाली चेस च्याम्पियनसिप मंगलबारबाट सुरु हुने



 

पोखरा

नेपाल बुद्धिचाल महासंघको आयोजनामा दोस्रो दक्षिण एसियाली चेस च्याम्पियनसिप मंगलबारबाट सुरु हुने भएको छ । महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ललितपुरको गोदावरीस्थित भ्यु भृकुटीमा असार ४ गतेसम्म च्याम्पियनसिप आयोजना हुने जानकारी गराएको हो ।

च्याम्पियनसिपमा नेपाल, भारत, माल्दिभ्स, बंगलादेश, भुटान, पाकिस्तान र श्रीलंकाको सहभागिता रहनेछ । च्याम्पियनसिपमा हरेक देशबाट एक एक जना महिला र पुरुष खेलाडी, डिफेन्डिङ च्याम्पियन गरि १०–१० जना खेलाडीको सहभागिता जनाउने छन् ।

राउण्ड रोबिन प्रणालीमा आयोजना हुने च्याम्पियनसिपमा नेपालबाट फिडेमास्टर रुपेश जयसवाल, सुरवीर लामा, महिला फिडेमास्टर सुजना लोहनी, सुशिला गुरुङले सहभागिता जनाउने महासंघका अध्यक्ष विदुरप्रसाद गौतमले जानकारी दिए । च्याम्पियनसीप सम्पन्न गर्न करिब ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको उनले बताए । प्रतियोगिताको पुरुष विजेताले १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् भने महिलातर्फ विजेताले १ लाख, दोस्रोले ६० हजार र तेस्रोले ४० हजार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja