अरुणखोलामा पौडी खेल्ने क्रममा डुबेर एक शिक्षकको मृत्यु



पोखरा

पूर्वी नवलपरासीको अरुणखोलामा पौडी खेल्ने क्रममा डुबेर एक शिक्षकको मृत्यु भएको छ ।

देवचुली नगरपालिका–१५ प्रगतीनगर घर भएका ३० वर्षीय कृष्ण सुवेदीको मध्यविन्दु नगरपालिका–१४ बतासास्थित अरुणखोलाको मुखेढुङ्गा पानीको दहमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिए ।

मृतक सुवेदी मध्यविन्दु नगरपालिका–१० स्थित जनता माध्यामिक विद्यालयका शिक्षक रहेको बताइएको छ । अत्यधिक गर्मी भएपछि सुवेदीसहित स्कुलका सातजना शिक्षक पौडी खेल्न खोलामा गएका थिए । साथै गत शनिबार जिल्लाको गैँडाकोट नगरपालिका–३ केलादीस्थित कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका दुई जनामध्ये एकजनाको शव फेला परेको छ । नदीमा डुबेर बेपत्ता भएका चितवन रत्ननगर नगरपालिका–१० जनजागृति टोलका सुरज सुवेदी शर्माको शव फेला परेको सूचना अधिकारी पाठकले बताए । नदीमा डुबेर बेपत्ता भएका गैँडाकोट नगरपालिका–२ शिलान्यास चोकका २५ वर्षीय रमेश चालिसेको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja