अत्यधिक गर्मीले मध्यबिन्दु नगरका विद्यालय बिदा



पोखरा

अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको भन्दै मध्यबिन्दु नगरपालिकाका विद्यालयहरुले दिएको बिदा थप लम्ब्याइएको छ ।

यसअघि चार दिनका लागि दिइएको बिदामा थप दुई दिन बिदा थपिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले बुधबार एक सूचना निकालेर अत्यधिक गर्मीका कारण पालिकाभित्रका सबै विद्यालय आउँदो बिहीबार र शुक्रबार पनि नखुल्ने जानकारी दिए । मध्यबिन्दु नगरपालिकाले यसअघि बुधबारसम्म ४ दिन लगातार बिदा दिएको थियो ।

यहाँको मौसम ४२ डिग्री रहेकाले पठनपाठनमा बाधा पुगेको भन्दै बिदा दिनु परेको सूचनामा उल्लेख छ । कावासोती, बिनयी त्रिवेणी, देवचुली र गैंडाकोट नगरपालिकाले यसअघि नै सूचना जारी गरेर आउँदो शुक्रबारसम्म बिदा दिइसकेका छन् । अत्यधिक गर्मीका कारण तराईका अन्य जिल्लामा पनि विद्यालयको पठनपाठन रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja