टिष्टा काँगडा भएको नक्सा संसदमा राख्नुपर्छ: सांसद रघुजी पन्त



पोखरा

एमाले सांसद रघुजी पन्तले भारतले अखण्ड भारतको नक्सा नहटाएसम्म संसदमा टिस्टा, काँगडा भएको नक्सालाई राख्नुपर्ने बताएका छन् ।

सांसद पन्तले शुक्रबार संसदमा बोल्दै भारतले निकालेको अखण्ड भारतको नक्साबारे छिमेकी बङ्गलादेश, पाकिस्तान र नेपालले कुरा उठाएको तर मित्रराष्ट्रले नेपालले नक्साबारे चित्त बुझाइसकेको भनेर भारतीय विदेश मन्त्रालयका प्रवक्ताले अभिव्यक्ति दिएको बताएका थिए । उनले संसदलाई के नेपालले चित्त बुझाइसकेको हो भन्दै प्रश्न पनि गरेका थिए ।

नेपालको कपिलवस्तुलगायतका स्थान समेट्दै भारतले संसदमा अखण्ड भारतको नक्सा जारी गरेको छ । त्यसैको विरोधमा नेपालमा पनि ग्रेटर नेपालको नक्सा जारी गर्नु पर्ने आवाज उठ्दै आएको छ । काठमाडौँका मेयर बालेनले हिजै आफ्नो कार्यकक्षमा गेटर नेपालको नक्सा राखिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja