फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने



पोखरा

नेपालले माल्दिभ्समा आयोजना हुने फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ । 

नेपाल बास्केटबल संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली टोलीका कप्तान सदिश प्रधानको नेतृत्वमा च्याम्पियनसिपमा सहभागिता जनाउने जनाएको छ । माल्दिभ्स, नेपाल, बंगलादेश, भुटान र पाकिस्तानको सहभागिता रहेको च्याम्पियनसिप जुन १४ देखि २२ सम्म हुनेछ ।

लिगको आधारमा आयोजना हुने च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् । पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान सदिश प्रधानले तयारी राम्रो भएको र सहभागी टिमसँगै धेरै पटक खेलेका कारण उपाधि जित्ने सम्भावना बलियो रहेको बताए । च्याम्पियनसिपमा सहभागिता नेपाली टोली सोमबार त्यसतर्फ जाने संघले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja