पाकिस्तानमा यात्रुवाहक गाडी खाडलमा खस्दा ८ जनाको मृत्यु, १२ घाइते



 

पोखरा

पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको अपर दिर जिल्लामा यात्रुवाहक गाडी खाडलमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् । प्रान्तको माथिल्लो दिरबाट चित्राल जिल्ला जाँदै गर्दा यात्रुवाहक गाडी खाडलमा खसेको उद्धार टोलीले जनाएको छ । स्थानीयवासी र उद्धार टोलीले घटनास्थलमा पुगेर घाइते र शवलाई अस्पताल पुर्‍याएका थिए । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने चिकित्सकहरूले आशङ्का गरेका छन् । सो गाडीमा चालकसहित २० जना सवार रहेको उद्धार टोलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja