अस्ट्रिया: रेलमा आगलागी हुँदा ४५ यात्रु घाइते



पोखरा

रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिएको छ। अस्ट्रियाका सुरक्षा अधिकारीहरुका अनुसार एउटा सुरुङमा आगो लागेपछि उनीहरू सवार रहेको रेललाई बाहिर निकालिएको हो।

यस घटनामा परेर करिब ४५ यात्रुलाई सामान्य चोटपटक लागेको छ भने धुवाँको मुस्लोका कारण उनीहरूको स्वास्थ्यमा प्रतिकुलता देखिएको छ। ह्याम्बर्ग र एम्स्टर्डमका लागि जाँदै गरेको ट्रेन बुधबार साँझ अस्ट्रियाको आल्प्सको इन्सब्रक सहर नजिकैको सुरुङबाट अघि बढिरहेको थियो, त्यसैबेला यसको ओभरहेड तार टुटे पछि आगलागी सुरु भएको हो।

‘यात्रुहरू बोकेको उक्त ट्रेनले अटोमोबाइलका समानहहरू ओसारपसार गरिरहेको थियो र तीनै तारका केबलबाट आगलागी सुरु भएको थियो।’ रेलका स्थानीय प्रवक्ताले भने। उक्त रेलमा आगलागी भएपछि १ घण्टा भन्दा बढी समय लगाएर आगो निभाइएको थियो, उक्त आगलागीमा परेर कोही पनि हताहत भने भएका छैनन्।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja