जिसस स्याङ्जाको गाडी दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना घाइते



 

पोखरा

जिल्ला समन्वय समिति स्याङ्जाको गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

पर्वतबाट सिरूबारी हुँदै स्याङ्जा आउँदै गरेको बा. १ झ.५८७८ नम्बरको गाडी बुधबार बेलुकी करिब ६ बजे अर्जुनचौपारी गाउँपालिका-३ खोले भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सख्त घाइते भएका गाडी चालक वालिङ नगरपालिका-४ एलादीका अन्दाजी ३५ वर्षीय अमृत खनालको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको डीएसपी रवीन्द्र खनालले जानकारी दिए ।

उनका अनुसार गाडीमा सवार समितिका समन्वय अधिकारी राजेन्द्रप्रसाद अधिकारी, अम्बिका पौडेल र टीकाराम पौडेल घाइते भएका छन् । अधिकारीको खुट्टा भाँचिएको छ भने पौडेलद्वय सामान्य घाइते छन् । स्करपियो सडकबाट करिब ५० मिटर तल खसेको थियो । घटनास्थलमा प्रहरी चौकी अर्जुनचौपारीबाट टोली खटिएको थियो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja