एकल आमाका सन्तानको नागरिकताको अधिकार सुनिश्चित हुनुपर्छ : रवि लामिछाने



पोखरा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जन्मसिद्ध नेपाली नागरिकका सन्तान र एकल आमाहरूका सन्तानको नागरिकताको अधिकार सुनिश्चित हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै लामिछानेले एकल आमाका सन्तानले नागरिकता लिँदा आमाले बाबुको पहिचान नखुलेको स्वघोषणा गर्ने व्यवस्थाले महिलाको आत्मसम्मानमा ठेस पुग्न सक्ने धारणा राखे ।  आफूलाई नागरिकले नागरिकता नपाउनुको पीडा थाहा रहेको भन्दै नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियामा विमति रहेको  बताए।

लामिछानेले नागरिकता विधेयक सदनमा ल्याएर छलफल गरेको भए छलफल हुने र अहिलेको संसद्‌मा रहेका सबैले स्वामित्व लिने अवस्था बन्ने भएपनि विधेयक प्रमाणीकरणको प्रक्रियामा विमति रहेको बताए । उनले नागरिकता विधेयकमा बोरमा रास्वपा कुनै समुदायको विरोधमा छ भनेर जनतालाई गुमराहमा राख्न खोजिएको जिकिर गरे ।  

त्यस्तै उनले सरकारले ल्याएको बजेटको कार्यक्रमबीच तालमेल भेट्न नसकेको बताए । जनतासँग भोट माग्दा शिक्षा, स्वास्थ्य लगायतका विषयमा प्रतिवद्धता जनाएकाले यस विषयमा आवश्यक नीति बनाउँदा सबै दलहरू एकैठाँउ आउनुपर्ने उनले बताए । त्यस्तै उनले नयाँ पुस्ताका राजनीतिज्ञहरूलाई पुरानो पुस्ताका नेताहरूले सिक्ने अवसर प्रदान गर्नुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja