काठमाडौँका मेयर बालेन साहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा



 

पोखरा

काठमाडौँ महानगरपालिका मेयर बालेन साहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको छ ।

नेपालको इतिहास कसैले मेटेर मेट्न नसकिने भन्दै बालेनले उक्त नक्सा राख्न लगाएका हुन् । बालेन साह यतिबेला भारतको बैंगलोरमा छन् ।

भारतले आफ्नो संसदमा ग्रेटर इण्डियाको नक्सा राखेको छ । त्यसमा नेपालका लुम्बिनी र कपिलवस्तु समेत समेटिएका छन् । भारतको उक्त कदमको नेपालमा चर्को विरोध भइरहेको छ । आम सर्वसाधारणको तर्फबाट भारतको उक्त कदमको विरोध भइरहेको बेला मेयर बालेनको कार्यकक्षमा भने ग्रेटर नेपालको नक्सा राखिएको हो । उक्त नक्सामा सुगौली सन्धि हुनु अघिको नेपाली भूभाग समेटिएका छन् ।

मेयर बालेनको निर्देशनमा सचिवालयले ग्रेटर नेपालको नक्सा राखेको स्वकीय सचिव साहले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja