पोखरामा एक पुरूष मृत अवस्थामा फेला



 

पोखरा

पोखरामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

सोमबार राति अन्दाजी ८:५२ बजेको समयमा पोखरा महानगरपालिका -१४ नविन टोल स्थित नहरमा एक व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीका अनुसार उक्त स्थानमा मानिस मृत फेला परेको भन्ने जानकारी पश्चात जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले नहरमा मृत अवस्थामा शव फेला पारी पोष्टमार्टमका लागि पश्चिम क्षेत्रीय अस्पताल पठाएको हो। फेला परेको उक्त शव पोखरा -११ फूलबारी स्थित ४२ वर्षीय रिखिराम शर्मा पौडेलको भएको उनका छोराले सनाखत गरेको प्रहरीले जनाएको छ। हाल घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja