अबदेखी सेल्सबेरी चिप्लेढुङ्गाबाट घर घरमा सामान डेलिभरी हुने



 

पोखरा

डिपार्टमेन्ट स्टोर चेन सेल्सबेरी ग्रुपले इकमर्स वेबसाइट लन्च गरेको छ।

सातदोबाटोस्थित सेल्सबेरीको प्रमुख कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै सेल्सबेरी ग्रुपले इकमर्स वेबसाइट लन्च गरेको हो।

कार्यक्रममा सीइओ सुशीलमान प्रधानांगले सेल्सबेरीको इकमर्स प्लेटफर्मको सुरुवात गरे। प्लेटफर्ममा ४ हजारभन्दा घरायसी उपभोग्य र खाद्यान्न सामाग्रीहरू उपलब्ध छ। उनले पोखरा र काठमाडौंको चार ठाउँबाट डेलिभरी हुने जानकारी दिए। काठमाडौंको सातदोबाटो, सीतापाइला र महाराजगंज र पोखराको चिप्लेढुङ्गाबाट उपभोक्ताको घरको दैलोमा नै सामान डेलिभरी हुने प्रधानांगले बताए।

त्यस्तै उपभोक्ताले फोनपे, इसेवा, कार्डमार्फत पनि भुक्तानी गर्न सक्नेछन्। लञ्ञको अवसरमा सेल्सबेरीले विभिन्न अफर क्याम्पेन ल्याएको छ। सेल्सबेरीले निशुल्क डेलिभरी अफर दिरहेको छ। साथै रिफर र अर्नको पनि अफर चलिरहेको छ। सेल्सबेरीको वेबसाइटमा युजर आइडी बनाएर यो अफरमार्फत पोइन्ट कमाउन सक्छन्। उनले भने, ‘हामीले विगत डेढ वर्षदेखि इकमर्स प्लेटफर्म तयार गर्न लागि परिरहेका थियौं। यसले मार्केटमा आफ्नै स्थान बनाउँछ भन्ने आशा लिएको छु।’

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja