फुटबलर करिम बेन्जेमा अल-इत्तिहादमा अनुबन्धित



पोखरा

स्पानिस जायन्ट रियल मड्रिडमा १४ वर्ष बिताएर छाडेका फ्रान्सेली फुटबलर करिम बेन्जेमा साउदी अरेबियन क्लब अल-इत्तिहादमा अनुबन्ध भएका छन् ।

बालोन डे’ओर विजेता बेन्जेमाले साउदी क्लबसँग तीन वर्षको सम्झौताका लागि सहमति जनाएका छन् । ३५ वर्षीय फ्रेन्च स्ट्राइकरले पाँच च्याम्पियन्स लिगसहित २५ ट्रफी जितेका छन् । रियल मड्रिडसँग सम्झौता बाँकी नै रहेपनि स्पानिस क्लबले बेन्जेमालाई क्लब छाड्न अनुमति दिएको थियो ।

रियलका लागि सर्वाधिक गोल गर्नेमा क्रिस्टियानो रोनाल्डोभन्दा मात्र पछि रहेका बेन्जेमाले ३५४ गोल गरेका छन् । रोनाल्डोले ४५० गोल गरेका छन् ।‘यो राम्रो लिग हो र यहाँ केही राम्रा खेलाडीहरु छन्’ बेन्जेमाले भने, ‘क्रिस्टियानो रोनाल्डो यसअघि नै त्यहाँ छन् ।’

अल-इत्तिहादको प्रशिक्षकमा टोटनहमका पूर्वप्रशिक्षक नुनो इस्प्रितो सान्तो छन् । सन् २००९ मा फ्रेन्च क्लब लियोनबाट रियल पुगेका बेन्जेमा त्यहाँ ६४८ खेल खेलेका थिए । उनले रियलका लागि अन्तिम खेलमा एथ्लेटिक विल्वाओ विरुद्ध १-१ को बराबरीमा पेनाल्टीबाट गोल गरेका थिए । सोमबार अल-इत्तिहादसहित चार क्लबको स्वामित्व साउदी अरेबियाको पब्लिक इन्भेष्टमेन्ट फण्ड (पीआईएफ) ले लिने घोषणा भएको छ । जसले प्रिमियर लिग क्लब न्युकासलको समेत स्वामित्व लिएको छ ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja