असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय



पोखरा

शिक्षा मन्त्रालयले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ।

मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ प्रमाणिकरण भएको मितिलाई आधार मानेर असोज २ गते प्रत्येक वर्ष राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको जनाएको छ।

मन्त्रालयले सोही अनुसार असोज २ गते प्रत्येक वर्ष राष्ट्रिय शिक्षा दिवस मनाउन प्रदेश तथा समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ, गाउँपालिका महासंघ, सबै स्थानीय तहहरुलाई पत्राचार गरेको छ । राष्ट्रिय शिक्षा दिवस २०३१ सालदेखि फागुन १२ गतेको दिन मनाउन थालिएको हो। त्यसयता विभिन्न आधारमा फरक फरक मितिमा २०७६ सालसम्म मनाइएको राष्ट्रिय शिक्षा दिवस २०७७ सालदेखि मनाइएको छैन।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja