‘महाभारत’ मा शकुनीको भूमिका निर्वाह गरेका कलाकार पेन्टलको निधन



पोखरा

‘महाभारत’ टेलिशृंखलामा शकुनीको भूमिका निर्वाह गरेका भारतीय कलाकार गुफी पेन्टलको निधन भएको छ ।

७८ वर्षीय उनको मुम्बईस्थित अँधेरी अस्पतालमा उपचारको क्रममा सोमबार बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि सुरुमा फरिदबादको एक अस्पतालमा उनलाई भर्ना गरिएको थियो । त्यहाँ सुधार नभएपछि उनलाई केही दिनदेखि मुम्बईको अँधेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको आज साँझ अन्त्येष्टि गरिने जनाइएको छ ।

सन् १९७५ मा ‘रफू चक्कर’ फिल्मबाट बलिउडमा डेब्यु गरेको गुफी ८० दशकमा केही फिल्म र टीभी शोमा देखिए । यद्यपि उनलाई खास परिचय भने सन् १९८८ मा बीरआर चोपडाको सुपरहिट शो ‘महाभारत’ले दियो । यसमा उनले शकुनी मामाको भूमिका गरेका थिए । गुफी पछिल्लो पटक स्टार भारतको शो ‘जय कन्हैया लाल की’मा देखिएका थिए । गुफीको निधनमा बलिउडकर्मी र दर्शकहरुले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja