नक्कली भुटानी शरणार्थी प्रकरण: आजदेखि थुनछेक बहस सुरु



पोखरा

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको आज (आइतबार) देखि थुनछेक बहस सुरु हुँदैछ ।

पक्राउ परेका सबै १८ जनाको बयान अस्ति (शुक्रबार) सकिएपछि आज थुनछेक बहस सुरु हुने भएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा रहेको मुद्दामा थुनछेक बहसपछि आरोपीहरुलाई पुर्पक्षमा पठाउने/नपठाउने टुंगो लाग्नेछ ।

पूर्वगृहमन्त्री बालकृष्ण खाण र भुटानी शरणार्थी नेता टेकनाथ रिजालको बयान शुक्रबार भएको थियो । ३० जना प्रतिवादी बनाएर राज्यविरुद्धसहित ५ कसुरमा २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जेठ १० गते मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja