बालबालिकालाई तातो हावा र लु बाट जाेगा‌औँ यसरी



पोखरा

बालबालिकालाई तातो हावा र लु बाट जोगाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।

अत्यधिक गर्मी बढेपछि प्राधिकरणले सार्वजनिक सूचना निकालेर बालबालिकालाई तातो हावा र लु बाट जोगाउन आग्रह गरेको हो । बालबालिकाको साथमा पानीको बोत्तल सधैँ राख्न र उनीहरुलाई कागती पानी, नरिवल पानी, ताजा फलफूलको रस नियमित रुपमा खुवाउन भनिएको छ ।

यस्तै, हल्का रङको सुतीका कपडा लगाउन, टाउको ढाक्न टोपी वा छाताको प्रयोग गर्न, पत्रु खाजा अर्थात् जङ्क फुड नखान र दिउँसो १२ बजेदेखि ४ बजेसम्मको कडा घाममा घरबाहिर सकेसम्म ननिस्कन प्राधिकरणको सुझाव छ । यदि, बालबालिकालाई रिँगटा लागे, वान्ता भए, धेरै टाउको दुखे वा श्वास फेर्न गाह्राे भए तुरुन्त नजिकैको अस्पताल वा स्वास्थ्यचौकी लैजान पनि सुझाव दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja