लमजुङ कारागारबाट फरार दुईजनै कैदीबन्दी पक्राउ



 

पोखरा

ती फरार भएका दुईजना कैदीबन्दी पक्राउ परेका छन्।

बिहीबार राति बेसीशहर नगरपालिका–८ शेरास्थित लमजुङ  कारागारको पर्खाल नाघेर दुईजना फरार भएका थिए।ती फरार भएका दुईजना कैदीबन्दी बिहीबार ९ घण्टाको अवधिमापक्राउ परेका छन्। प्रहरीका अनुसार फरार भएका लमजुङ मध्यनेपाल नगरपालिका–४ का २७ वर्षीय विनोद विकलाई बिहीबार ९ घण्टाको अवधिमा प्रहरीले बेसीशहर नगरपालिका २ चिसापानीको जंगलबाट पक्राउ गरेको हो ।

अर्का फरार रहेका गोरखा चुमनुब्री गापा– ३ का चन्द्र बहादुर गुरुङलाई बिहीबार राती साढे ११ बजे बेसीशहर नगरपालिका १ चिप्लेटीमा लुकिछिपि बसीरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । दुई जनालाई कानुन अनुसार थप कारबाहि अघि बढाइने प्रहरीले जनाएको छ । विक २०७९ साउन २४ गते जवरजस्ती करणी मुद्दामा र गुरूङ २०८० बैशाख ३१ गते ठगी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja