मोटरसाइकल चोरी गरेको आरोपमा पोखरामा ३ जना पक्राउ



पोखरा 

पोखरा महानगरपालिका २९ बाट मंगलबार राति तीनवटा मोटरसाइकल चोरेको अभियोगमा १८ वर्षका ३ जना बालकलाई बुधबार बिहानै ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई हराएका ग ९ प ७४२५, ग ९ प २६३० र ग १६ प ९००६ नम्बरका तीन मोटरसाइकलसहित पोखरा ३३ बागमारा–कालिका भित्री सडक खण्डबाट नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता, डिएसपी श्रवण कुमार विकले जानकारी दिए । उनीहरुमाथि चोरी तथा डाँका सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja