भ्रष्टाचार गरेको आरोप आएपछि आफूमाथि अनुसन्धान गर्न खनालको माग



पोखरा

आफ्नै नामको प्रतिष्ठानबाट भ्रष्टाचार गरेको आरोप लगाएपछि  पूर्व प्रधानमन्त्री एवं नेकपा एसका सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचारको अनुसन्धान आफैंबाट गर्न माग गरेका छन्।

अख्तियार लगायतका विभिन्न निकायबाट छानविन गर्नुपर्ने उनको माग थियो। काठमाडौंमा मंगलबार उनीमाथि आक्रमण भएपछि बिहीबार पत्रकार सम्मेलन गर्दै सर्पदंशबाट बचाउनका लागि आफ्नो नामबाट खोलिएको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफ्नो कुनै संलग्नता नभएको बताउँदै आफ्नो छानबिन गर्न चुनौती दिएका छन्।

‘सर्पदंशबाट बचाउन भेनम उत्पादन गर्ने भनेर परियोजना अघि बढाइएको छ। यसमा मेरो कुनै संलग्नता भेटियो, एक पैसा, एक लाल मात्रै दुरूपयोग भएको छ भने म अहिले नै हतकडी लगाउन तयार छु,’ खनालले भने। यो विषयमा चुनौती दिँदै भ्रष्टाचार निवारण गर्ने आफ्नो अभियान रहेको बताउँदै यदि त्यस्तो भए आफैंबाट छानबिन गर्न र पुष्टि भए हत्कडी लगाउन तयार भएको समेत बताए। ‘म चुनौतीका साथ भन्छु, यो देशका अख्तियार दुरूपयोग अनुसन्धान आयोग र अरू निकायहरूलाई पनि भन्न चाहन्छु, मेरो छानबिन गर्नुस्, देशमा भ्रष्टाचार निवारण गर्ने हो भने झलनाथ खनालबाट छानबिन सुरु गर्नुस्,’ पूर्व प्रधानमन्त्री खनालले भने।

पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री खनालले २०७० सालमा चुनाव प्रचारका क्रममा सर्लाहीमा सर्पले डसेर मृत्यु भएको बालकको घरमा पुगेको र त्यही पीडाबाट विक्षिप्त भएर पार्टीकै नेताहरूले भेनम उत्पादन गर्ने परियोजना अघि बढाएको तर त्यसमा आफ्नो कुनै पनि प्रकारको संलग्नता नभएको बताएका थिए। ‘६० वर्षे राजनीतिक जीवनमा आफूले आपराधिक सोच पलाएको छैन, परियोजनाको नाम राख्न स्वीकृति दिँदा मलाई भ्रष्टाचारी भनियो। यसको छानवीन होस्,’ उनले भने।

उनले अहिले गणतन्त्र र गणतन्त्रका लागि लड्ने नेताहरूलाई बदनाम गर्न अभियान नै सुरु भएको बताउँदै त्यस्ता व्यक्तिले विभिन्न कार्यक्रमलाई बिथोल्ने क्रियाकलाप हुन थालेको समेत दाबी गरे। खनालले गुण्डागर्दी गर्ने काम बन्द गर्न चेतावनी दिँदै बन्द नगरे ठाउँको ठाउँ प्रतिकार गर्ने चेतावनीसमेत दिए। खनाललाई मंगलबार एक कार्यक्रममा राजावादीको समूहले आक्रमण प्रयास गर्दै गालीगलोच गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja