लमजुङ कारागारबाट कैदी र थुनुवा फरार



पोखरा

लमजुङ कारागारबाट १ जना कैदी र १ जना थुनुवा फरार भएका छन् ।

बुधबार राति (बिहीबार बिहानीपख) साँढे १ बजेतिर कारागारको पर्खाल नाघेर दुवै जना फरार भएको प्रहरीले बताएको छ । जबर्जस्ती करणी मुद्दामा २०७९ साउन २४ गते पुर्पक्षका लागि कारागार चलान भई ४ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवाना तोकिएका गोरखाका मध्यनेपाल नगरपालिका ४ दुईपिप्लेका २७ वर्षीय विनोद विक र ठगी मुद्दामा २०८० वैशाख ३१ गते मुद्दा पुर्पक्षका लागि कारागार चलान भएका गोरखाकै चुमनुब्री गाउँपालिका ३, घट्टेखोला घर भई हाल पोखरा महानगरपालिका १६ बस्ने ३७ वर्षीय चन्द्रमान गुरुङ फरार भएका हुन् । विकलाई जिल्ला अदालत लमजुङले २०७९ चैत १ गते ४ वर्ष कैद र ४ लाख जरिवाना सुनाएको थियो ।

जिल्ला प्रहरी प्रमुख डीएसपी प्रकाश श्रीमलले फरार २ जनाको खोजीकार्य भइरहेको बताए । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले रातको समयमा पर्खाल चढेर हाम फाल्दै भागेको सीसीटीभीमा देखिएको बताए । उनले फरार २ जनाको खोजी भइरहेको बताए । प्रहरी स्रोतका अनुसार कैदीबन्दीले बुनेको मुढामाथि मुढा राखेर पर्खाल पार गरी उनीहरू फरार भएका हुन् । पर्खालको दायाँबायाँ चौबिसै घण्टा प्रहरीको ड्युटी भए पनि रातको समयमा प्रहरीलाई समेत छलेर कैदी र थुनुवा भागेका हुन् । उनीहरूले आफूले लगाएको लुगाफाटासमेत फुकालेर भागेको प्रहरी स्रोतले बताएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja