मुस्ताङमा परम्परागत तारा खेल सुरु



 

पोखरा

हिमालपारीको जिल्ला मुस्ताङमा दोश्रो गण्डकी प्रदेशस्तरिय परम्परागत तारा खेल सुरु भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा उक्त प्रतियोगिता मुस्ताङ थासाङ गाउँपालिका स्थित लेतेमा सुरु भएको हो । दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन् संघिय सांसद योगेश गौचन थकालीले एक समारोहका विच गरेका छन् ।

सो अवसरमा आफ्नो भनाई राख्दै सांसद गौचनले नेपालका विशेष ठाउँमा खेलिने परम्परागत खेलको संरक्षण र प्रवद्र्धन गर्नु पर्ने कुरामा जोड दिए । “जुन उद्धेश्यका साथ यो प्रतियोगिता आयोजना भएको छ त्यसका लागि म आभार व्यक्त गर्दछु”, उनले जोड दिंदै भने–“गण्डकी प्रदेशमा हुने परम्परागत खेलहरुको संरक्षण र सम्वद्र्धनका लागि स्थानियहरु समेत आफै जागरुक हुनुपर्छ ।”

प्रतियोगितामा बिजेता खेलाडीहरुलाई यदि कुनै विशेष प्रशिक्षणका लागि आवश्यक भएमा व्यक्तिगत रुपमा पूर्ण सहयोग गर्ने सांसद गौचनले प्रतिवद्धता समेत जनाए । उनले संघिय सरकारले २०८०÷०८१ का लागि सहाशिक खेलकुदको विकासका लागि समेत बजेट छुट्टाएको बताउँदै यसले नेपाली खेलकुदको विकासका लागि महत्वपूर्ण रहने उल्लेख गरे ।

प्रदेश खेलकुद परिषदका सदस्य योगेन्द्र शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसी, परिषदका सदस्य बसन्तराज दवाडी, परिषदका कार्यालय प्रमुख टोपलाल भुसाललगायतले परम्परागत आर्चरी खेलको महत्वका बारेमा आफ्ना भनाई राखेका थिए ।

प्रतियोगितामा कास्की, तनहुँ, पर्वत, म्याग्दी र मुस्ताङका दुई टिम गरी ६ टिमको सहभागिता रहेको छ । प्रतियोगिता सुरु हुनु अगावै कालापानीबाट एक ¥यालीले बजार परिक्रममा समेत गरेको थियो । लेतेस्थित गाउँसमाज भवनमा भएको उद्घाटन कार्यक्रममा पारम्पारिक पुजा गरिनुका साथै लोक सांस्कृति नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja