युरोपा लिगको उपाधि चुम्यो सेभियाले



 

पोखरा

स्पेनिस क्लब सेभियाले युरोपा लिगको उपाधि चुमेको छ ।

इटालियन क्लब रोमालाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै सेभियाले उपाधि जीत हासिल गरेको हो। बुधबार राति पुस्कास एरिना बुढापेस्ट, हंगेरीमा भएको खेलमा निर्धारित समयमा १–१ गोलको बराबरी रोकिए पछि ट्राइबेकरमा खेललाई लगिएको थियो। ट्राइबेकरमा बाजी मार्दै सेभियाले सातौं पटक युरोपा लिगको च्याम्पियन बन्न सफल भएको हो। यसअघि सन २००६, २००७, २०१४, २०१५, २०१६ र २०२० मा च्याम्पियन बनेको थियो।

सो खेलको ३५औं मिनेटमा पाउलो डिबालाको गोल गरे पछि रोमाले सुरुवाती अग्रता लिएको थियो। त्यसपछि कतैबाट गोल हुन नसके पछि पहिलो हाफमा खेल १–० अन्तरमा रहन पुग्यो। दोस्रो हाफको ५५औं मिनेटमा रोमाका जियानलुका मान्सिनीले आत्मघाती गोल गरेपछि खेल १–१ को अवस्थामा आयो। तर, इन्जुरी समयमा थप गरिएको समयमा दुवैपक्षबाट गोल हुन नसके पछि खेल ट्राइबेकरमा जान बाध्य भयो।

निकै प्रतिस्पर्धात्मक रहेको खेल निर्धारित समयको खेल १–१ को गोलको बराबरीमा रोकिए पछि टाइब्रेकरमा पुगेको खेलमा सेभियाका लुकास ओकम्पास, एरिक लमेला, इभान राकिटिच र गोन्जालो मोन्टिएलसहित सबै खेलाडी गोल गर्न सफल भए भने सो ट्राइबेकरमा रोमाका जियान लुका मान्सिनी र रोजर इवानेजले गोल गर्न चुके पछि सेभियालाई लिग च्याम्पियन बन्ने अवसर खुल्यो। यससँगै सेभिया युरोपा लिगमा सातौं पटक च्याम्पियन बनेको हो। सेभिया सात पटक फाइनल पुग्दा सबै सात संस्करणमा नै च्याम्पियन बन्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja