महिला क्रिकेट: नेपालद्वारा मलेसियालाई २७ रनले पराजित



 

पोखरा

नेपालले पाँच खेलको ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको तेस्रो खेलमा घरेलु टोली मलेसियालाई पराजित गरेको छ ।

मलेसियाको वाइएसडी यूकेएम ओभलको खेल मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई २७ रनले पराजित गरेको हो ।

यस जितसँगै नेपालले तीन खेलको महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा २–१ को अग्रता बनाएको छ । नेपालले दिएको एक सय ११ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ८३ रनमा समेटियो । मलेसियाका लागि महिराह इज्जाती इस्माइलले सर्वाधिक ४४ रनमा अविजित रहिन् भने विनिफ्रेड दुराईसिंघमले २० रन बनाइन् । नेपालका लागि सीता रानामगर, इन्दु बर्मा र कविता कुँवरले समान १-१ विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय १० रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले १५ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २७ रन बनाइन् । सीता रानामगरले २४ रन बनाइन भने ज्योति पाण्डेले २३ रन जोडिन । इन्दु बर्माले २० रन बनाइन् । मलेसियाका लागि निक नुर अतिएलाले तथा एसा इलिसा र विनिफ्रेड दुराईसिंघमले समान १-१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja