सन्दीप लामिछाने दक्षिण अफ्रिका नजाने



पोखरा

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने आईसीसी एकदिवसीय विश्वकप छनौट प्रतियोगिताको तयारीका लागि दक्षिण अफ्रिका नजाने भएका छन् ।

बलात्कारसम्बन्धी मुद्दा टुंगो नलागेकाकारण उनी दक्षिण अफ्रिका जान नपाउने भएका हुन् । आफू दक्षिण अफ्रिका जान नपाउने भएसँगै उनले टिमलाई शुभकामना दिएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै पूर्वकप्तान लामिछानेले टिमलाई शुभकामना दिएका हुन् ।

उनले फेसबुकमा आफूलाई टिमप्रति पूर्ण विश्वास रहेको भन्दै टिमले विश्वसामु खेल क्षमताको प्रदर्शन गरेको उल्लेख गरेका छन् । उनले फेरि पनि टिमले आफ्नो क्षमतामा विश्वास गर्नुपर्ने जनाएका छन् । उनले दक्षिण अफ्रिका यात्राका लागि टिमलाई शुभकामना पनि दिएका छन् । दक्षिण अफ्रिकामा नेपालले स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग मैत्रिपूर्ण खेल खेल्ने कार्यक्रम छ । त्यसपछि नेपाली टिम विश्वकप छनौट खेल्न जिम्बाब्वे प्रस्थान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja