रेशम चौधरीको आममाफीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता



पोखरा

रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

शारदा कडायतले चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध दुई दिनअघि पेश गरेको रिट मंगलबार दर्ता भएको हो ।उनले राष्ट्रपति कार्यालय, मन्त्रिपरिषद, गृह मन्त्रालय र रेशम चौधरीलाई विपक्षी बनाएकी छन् । रिटमाथि बुधबार पेशी तोकिएको छ ।

कडायत २०७२ भदौमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी हुन् । उनले रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया अघि बढेपछि राष्ट्रपति कार्यालयमा समेत निवेदन दिएकी थिइन् । चौधरी विरुद्धको मुद्दामा सर्वोच्च अदालतले उच्च अदालत डोटीले नै सुनाएको जन्मकैदको फैसला सदर गरे पनि फैसलाको पूर्णपाठ तयार नभएको अवस्थामा क्रूरतापूर्वक हत्या भएको घटनामा आममाफी दिनु गलत हुने उनको दाबी छ । उनले राष्ट्रपतिको निर्णय खारेज गरेर रेशम चौधरीलाई पूरै कैद भुक्तान गराउन आदेश हुनुपर्ने माग गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja