भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएकोमा ओलीले जनाए आपत्ति



पोखरा

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएकोमा आपत्ति जनाएका छन् ।

भारतको नयाँ संसद भवनमा राखिएको अखण्ड भारतको नक्सामा लुम्बिनी, कपिलवस्तु र विराटनगर उल्लेख छ । उक्त नक्साप्रति ओलीले आपत्ति जनाएका हुन् । मंगलबार अखिल नेपाल महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतको संसद भवनमा राखिएको अखण्ड भारतको विवादित नक्सामा लुम्बिनी र कपिलवस्तु उल्लेख गरिएको भन्दै सरकारको ध्यानाकर्षण पनि गराएका छन् । बुधबारबाट हुने भारत भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त नक्सामा भएको गल्ती सच्याउन लगाउनुपर्ने सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja