पोखराको पामे क्षेत्रबाट एउटा टिपरसहित ७ जना पक्राउ



 

पोखरा

प्रहरीले पोखराको पामे क्षेत्रबाट सात जनालाई नियन्त्रणमा लिएको छ ।

शनिबार दिउसो सिमसार क्षेत्रमा निर्माण कार्यमा प्रयोग भएको एक टिपर र स्थानीयका साथमा संलग्न व्यक्ति गरी सात जनालाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिहरूको विवरण भने खुलाएको छैन । शनिबार दिउसो सिमसार क्षेत्रमा पुगेको पोखरा महानगरपालिकाको गाडीलाई नै नियन्त्रणमा लिएर विवाद सिर्जना गरेको जानकारी आएपछि उनीहरूलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता, डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

सिमसार क्षेत्रमा निर्माण कार्यमा प्रयोग भएको ग १ ख ८६८७ नम्बरको टिपर टिपरमा लोड भएको माटोसहित नगर प्रहरीले नियन्त्रणमा लिन खोज्दा विवाद सिर्जना भएको प्रहरीले उल्लेख गरेको छ । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja