फेवातालमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु



पोखरा

पोखरा महानगरपालिका– २३ पामे खपौदी स्थित फेवातालमा डुबेर एक जनाको मृत्यु भएको छ ।

अन्नपुर्ण गाउँपालिका– १० घान्द्रुक घर भई हाल पोखरा– १४ चाउथे बस्ने ६३ वर्षीय मीन गुरुङको शनिबार तालमा डुबेर मृत्यु भएको हो । शनिबार दिउँसो ०४ः०५ बजे फेवातालमा माछा मार्ने क्रममा उनी डुबेर बेपत्ता भएका थिए । बेपत्ता भएका गुरुङको खोजतलास गर्ने क्रममा साँझ ७ः१५ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार मृतक गुरुङको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja