सबै प्रकारका होडिङ बोर्डहरु हटाउन पोखरा महानगरको सूचना



पोखरा 
पोखरा महानगरपालिकाले होर्डिङ बोर्ड हटाउने भएको छ ।

महानगरपालिका कायपालिकाको २०७४ माघ ५ गतेको निर्याय अनुसार राजश्व परामर्श समितिको यही जेठ ५ गते बसेको बैठकले शहरी सुन्दरतालाई ध्यानमा राख्दै सबै प्रकारका होर्डिङ बोर्ड हटाउने निर्णय  गरिएको महानगरले जनाएको छ । राजश्व परामर्श समितिको निर्णय अनुसार महानगरले मंगलबार सूचना जारी गदै महानगर क्षेत्र भित्र रहेका सार्वजनिक तथा निजी घरका छत र सार्वजनिक तथा निजी जमिनमा रहेका सबै प्रकारका होडिङ बोर्डहरु हटाउन सम्बन्धीत पक्षलाई आग्रह गरेको छ ।

बैशाख ९ गते जारी सूचना अनुसार १५ दिन भित्र होर्डिङ बोर्ड र बोर्ड राख्न प्रयोग भएको स्टेन्ड समेत हटाउन र नहटाएमा प्रचिलित कानुन बमोजिम गरिने सूचनामा उल्लेख छ । स्थानीय सरकारको अनुमती बिना होर्डिङ बोर्ड राख्न नपाईने र महानगरले कुनै पनि संस्था वा व्यक्तीलाई होर्डिङ बोर्डका लागि अनुमती नदिएको महानगरले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja