देश विकासका लागि नेकपा एमाले नै आजको आवश्यकता: खगराज अधिकारी



पोखरा

देश विकासका लागि नेकपा एमाले नै आजको आवश्यकता रहेको नेकपा एमाले स्थायी कमिटी सदस्य, संगठन विभाग प्रमुख एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले बताएका छन् ।

नेकपा एमाले कास्कीले आयोजना गरेको मदन आश्रीत ३० औं स्मृति दिवसको अवसरमा अधिकारीले देशले विकासको फड्को मार्न एमाले नै आवश्यक रहेको बताएका हुन् । ‘देशै भरी एमालेको बिरोध भए पनि बिकासका लागि एमाले नै आवश्यक छ ।’ – उनले भने । मदन भन्डारीको अनुयायी केपि शर्मा ओली भएकोले नै देशलाई एक जुट बनाइ संविधान संसोधन गरि नेपालको नक्सा परिवर्तन गरि गुमेको जमिनलाई नक्सामा समेट्न सफल भइएको अधिकारीको भनाई थियो ।

साथै नक्कली भुटानी सरणार्थी प्रकरणतर्फ इन्कित गर्दै नेता अधिकारीले एमालेमा बस्नेहरुलाई भ्रष्टाचार गर्ने छुट नभएको बताए । ‘भ्रष्टाचार विरुद्धको अभियान चलाउने नेकपा एमाले नै भएकोले भ्रष्टाचार गर्ने छुट कसैलाई छैन ।’ –उनले भने । मदन आश्रीत ३० औं स्मृति दिवस नेकपा एमाले जिल्ला कमिटी कास्कीका अध्यक्ष मन बहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम गरि मनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja