पोखराको लेकसाइडमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



पोखरा

मध्यरातमा भएको मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु भएको छ । अर्का किशोर सख्त घाइते भएका छन् ।

पोखरा–६ खहरेचोकस्थित हल्लनचोकबाट गैराको चौतारातर्फ जाँदै गरेको ग २४ प ३१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको बिजुलीको पोलमा ठक्कर खाएको थियो । कास्की प्रहरीका अनुसार मंगलबार बिहान १ बजेर १० मिनेटको समयमा भएको दुर्घटनामा काठमाडौं कपनका १८ वर्षीय सफल खतिवडाको मृत्यु भएको हो ।

तनहुँको म्याग्दे गाउँपालिका ४ थर्पुका १७ वर्षीय संगम बानियाँ घाइते छन् । बानियाँले मोटरसाइकल चलाएका थिए भने खतिवडा पछाडि बसेको प्रहरीले जनाएको छ । घटनालगत्तै दुवै जनालाई घाइते अवस्थामा उद्धार गरी सिर्जनाचोकस्थित मेट्रोसिटी अस्पताल पठाएकोमा खतिवडालाई चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले बताए । बानियाँको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja