ढोरपाटनका मेयर बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि फरार



पोखरा

इमेज सहकारी संस्थाका अध्यक्षसमेत रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि फरार भएका छन् ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका बचत कर्ताको पैसा तिर्न नसकेपछि मेयर ३ दिनदेखि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शुक्रबारदेखि सम्पर्कविहीन भएका नेपालीलाई खोजी कार्य भइरहेको छ । मेयर नेपालीले उपमेयर धनबहादुर कायतलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएर सम्पर्कविहीन भएको बताइएको छ । आफू नआउँदा सम्म कार्यवाहक समाल्नु भनेर जिम्मेवारी दिएको उपमेयर कायतले बताए । ‘कार्यालयमा म नहुँदा कार्यवाहकको जिम्मेवारी दिनुभएको रैछ ।

उहाँसँग यसपछि सम्पर्क भएको छैन,’ उपमेयर कायतले भने । वैशाख ३१ को स्थानीय निर्वाचनमा नेपाली नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका थिए । इमेज सहकारीको पोखरामा पनि शाखा रहेको छ ।बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले मेयर नेपाली विषयमा सम्पर्कविहीन रहेको बताए । मेयर नेपालीलाई खोजीका लागि प्रहरी परिचालन गरिएको सहायक प्रजिअ बरालको बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja