रियल मड्रिडका भिनिसियसमाथि पुन रङ्भेदी दुर्व्यवहार



पोखरा

रियल मड्रिडका भिनिसियस जुनियरलाई भ्यालेन्सियामा रङ्गभेदी नारा लागेपछि उनले ‘ला लिगा रङ्गभेदीहरुको हो’ भन्ने टिप्पणी गरेका छन् ।

आइतबार राति भ्यालेन्सियासँगको खेलमा २२ वर्षीय जुनियरलाई ह्युगो डुरोसँगको विवादपछि ९७ औं मिनेटमा रातो कार्ड देखाउँदै मैदानबाट बाहिर निकालिएको थियो । खेलको सुरुवातमा नै झोक्किएका भिनिसियसले भ्यालेन्सियाका दर्शक र समर्थकहरुमा रेफ्रीको ध्यान केन्द्रित गर्न खोजेका थिए । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्, ‘यो च्याम्पियनसिप कुनैबेला रोनाल्डिन्हो, रोनाल्डो क्रिस्टियानो र मेसीको हुनेथियो भने अहिले रङ्गभेदीहरुको बनेको छ ।’

‘यो पहिलो पटक होइन, न त दोस्रो न त तेस्रो नै । ला लिगामा रङ्गभेद सामान्य हो । प्रतियोगिताका आयोजकलाई यो सामान्य लाग्छ, फेडेरेसनलाई पनि र प्रतिपक्षीले यसलाई प्रोत्सान दिन्छन्’, उनले भने ।

‘एउटा राम्रो देश जसले मलाई स्वागत ग¥यो, जसलाई म माया गर्छु तर जसले रङ्गवादलाई प्रोत्साहन गर्छ, त्यसबारे भने म निकै खेद गर्छु । जो यसलाई समर्थन गर्छन् आज पनि ब्राजिल, स्पेन जो रङ्गभेदी देश भनेर चिनिन्छ ।’ ‘दुर्भाग्यवस मैले हरेक हप्ता भोग्ने कुराको मसँग कुनै बचाव छैन । म आफू एकदमै बलियो छु यसमा कुनै दुई मत छैन र म यो लडाइँ अन्त्यसम्म पनि लड्छु त्यसको लागि मलाई यो क्षेत्रबाट टाढा नै किन जानु नपरोस् ।’ ला लिगाले भने रंगभेदलाई हटाउने प्रयास गरिरहेको बताएको छ । उसले भनेको छ, ‘वषौंदेखि हामी यस्ता व्यवहारको खण्डन गर्ने गरेका छौं । यसका साथै खेललाई सकरात्मक बनाउने कोसिस गरिरहेका छौं । खेलमा मात्रै होइन बाहिर पनि ।’

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja