बार्सिलोना रियल सोसिडाडसँग पराजित



पोखरा

स्पानिस ला लिगाको च्याम्पियन बनेपछिको पहिलो खेलमा बार्सिलोना रियल सोसिडाडसँग पराजित भएको छ ।

घरेलु मैदान नोउ क्याम्पमा ट्रफी सेलेब्रेसन गर्नुअघि बार्सिलोनालाई सोसिडाडले २-१ ले हरायो । सोसिडाडका लागि मिकेल मेरिनोले पाँचौ मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए भने ७१औं मिनेटमा अलेकजान्डर सोर्लोथले दोस्रो गोल गरे । रोबर्ट लेवान्डोस्किले अन्तिम मिनेटमा गोल गरेपनि बार्सिलोनाको हार टार्न सकेनन् । गत साता स्पानयोलाई हराउँदै बार्सिलोनाले चार खेल अगाडि नै उपाधि पक्का गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja