पोखरामा नगरबसको ठक्करबाट एकजनाको मृत्यु



पोखरा

पोखरामा नगरबसले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा स्कुटरमै सवार एक जना घाइते भएका छन् । पोखरा महानगरपालिका २२ स्थित पुम्दी भुम्दीको भित्रि सडक खण्डमा ग १ ख ३२८७ नम्बरको नगरबसले ग २३ प ३६८६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा  पोखरा २५ हेमजाका ४६ वर्षीय तुलसीप्रसाद त्रिपाठीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता, डीएसपी श्रवण कुमार विकका अनुसार बिहीबार दिउसो २:४० बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका तुलसीप्रसादलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाएकोमा अस्पातलले ३ :२५ बजे मृत घोषणा गरेको हो ।

अर्का घाइते २२ वर्षीय शिशिर त्रिपाठीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको डीएसपी  विकले जानकारी दिए । शिशिरको खुट्टा र टाउकोमा चोट लागेको छ ।  मृतक र घाइते बाबु छोरा हुन । प्रहरीले सवारीचालक र सवारीसाधन नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja