बेगखोलाको बाढीले बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध



पोखरा

भीषण वर्षापछि रघुगंगा गाउँपालिका, १ बेगखोलामा आएको बाढीले बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध भएको छ । मंगलबार अपराह्न ४ देखि ५ बजेसम्म आएको भारी असिनापानीपछि बेगखोलामा बाढी आएको हो ।

सदरमुकाम बेनीदेखि १२ किलोमिटर उत्तर बेनी–जोमसोम सडक खण्डको बेगखोलामा पुल नहुँदा यात्रुले भेलमा हेलिएर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

बेगखोलामा मोटरपुल मात्र होइन कल्भर्ट नबन्दा मोटरसाइकल, साना सवारीसँगै ठूला बसमा यात्रा गर्दा पनि सास्ती खेप्नु परेको छ । बर्खा याममा बेगखोलामा पानीको सतहको हृवात्तै बढ्ने हुँदा असोज नलागी मोटरसाइकल वा साना सवारी लिएर बेनी–जोमसोम यात्रामा निस्कन जोखिमपूर्ण छ ।

बाढी आएर बेगखोलामा अवरुद्ध भएको यातायात साँझ ६.३० बजेबाट खुलेको प्रहरीले जनाएको छ ।

०७३ भदौ १५ गते राति आएको बाढीले ११ वटा घरसहित बेलिब्रिज र सँगै रहेको झोलुङ्गे पुल कालीगण्डकीमा मिसाएको थियो । त्यसयता बेगखोलामा मोटरपुल मात्र होइन सामान्य हृयुमपाइप राखेर कल्भर्ट समेत बनाइएको छैन । बेगखोला खहरे खोला हो । बेग, बान्दुक लगायत माथिल्लो ठूलो भीर, जंगलबाट भेल जम्मा भइ तल आउने र बेगको पुछारमा ठूलो पहिरो चलेकोले बेगखोलाले गेग्रान धेरै ल्याउने गर्छ ।त्यसैबीच कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजना अन्तर्गत बेग खोलामा ‘डिजाइन एण्ड बिल्ड’ मोडेलमा हिमालयन जेभीले भ्याटसहित ८ करोड ५० लाखमा पुल निर्माण गरिरहेको छ । बेग खोलामाथि पुल निर्माण भइरहे पनि पूरा हुने अवस्था नभएकाले यो मनसुनमा भने यात्रुले सास्ती भोग्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja