लमजुङमा एकजना मजदुरको हत्या



पोखरा

लमजुङको मध्यनेपाल नगरपालिका-८ लाङदीपारी मिदिम खोला जलविद्युत् आयोजनाको ड्याम साइडमा काम गर्ने एकजना मजदुरको हत्या भएको छ ।

खोटाङको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका-१५ का २९ वर्षीय अर्जुन रम्तेलले छिमेकी २५ वर्षीय सुनिल श्रेष्ठलाई चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार राति १० बजेतिर रम्तेलले धारिलो हतियार चक्कु प्रहार गर्दा श्रेष्ठ गम्भीर घाइते भएको र उपचारका लागि स्थानीय अस्पताल हुँदै थप उपचारका लागि पोखरा लाने क्रममा शनिबार बिहानपख उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न अर्जुन रम्तेल र मृतक सुनील श्रेष्ठ छिमकी रहेको र दुवै जनाले मिदिम खोला जलविद्युत् आयोजनाको ड्याम साइडमा मजदुरी काम गर्दै आएका थिए । दुवैजना ड्याम साइडको क्याम्पमा बस्ने गरेको र शुक्रबार राति घरायसी कुरामा विवाद हुँदा अर्जुन रम्तेलले आफ्नो साथी सुनील श्रेष्ठलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएकोमा केही समयपछि उनको निधन भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर जगदीश रेग्मीले बताए ।

घटनापछि पोखरा गएका अर्जुन रम्तेललाई जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय लमजुङ र ईलाका प्रहरी कार्यालय भोर्लेटारको संयुक्त टोलीले पोखराबाट शनिबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रकाश श्रीमलले बताए । पक्राउ परेका रम्तेललाई आइतबार अदालतमा म्याद थपको लागि उपस्थित गराउने तयारी भइरहेको इन्स्पेक्टर बुद्धिप्रसाद सुवेदीले बताए । उनका अनुसार रम्तेललाई कर्तव्य ज्यानसम्बन्धी (ज्यान मारेको) कसूरमा थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja