स्पेनिस ला लिगाको उपाधि बार्सिलोनालाई



 

पोखरा

बार्सिलोना स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ । स्पान्योललाई ४–२ ले पराजित गर्दै बार्सिलोना चार खेल बाँकी छँदै ला लिगा च्याम्पियन बनेको हो ।

आरसिडिई स्टेडियममा आइतबार राति भएको खेलको ११औ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए भने २०औं मिनेटमा एलेक्स बाल्डेले गोल गर्दै २–० को अग्रता दिलाउन सफल भए । ४०औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि बार्सिलोना पहिलो हाफमा नै ३–० को सानदार अग्रता लिन सफल भयो ।

दोस्रो हाफको सुरुवाती ५३औं मिनेटमा जुल्स कुन्डेले थप गोल गरेपछि बार्सिलोना खेलमा ४–० को थप अग्रता जुटाउन सफल भयो । तर, यो अग्रता लामो समयसम्म स्थिर भने रहन सकेन । ७३औं मिनेटमा जेभिएर पुएडोले गोल गर्दै खेललाई ४–१ को स्थितिमा फर्काए । त्यसमाथी इन्ज्युरी समयमा जोसेलुले गोल गर्दै खेललाई ४–२ को ल्र्यादिए । त्यसपछि दुवैतर्फवाट कुनै गोल हुन नसके पछि खेल ४–२ मा टुंग्याउँदै बार्सिलोनाले जीत हासिल ग¥यो ।

यस जितसँगै बार्सिलोनाले ३४ खेलबाट ८५ अंक जुटाएको छ भने पराजित स्पान्योल ३४ खेलबाट ३१ अंक जोडेर १९औं स्थानमा सिमित रहेको छ । बार्सिलोनाले दोस्रो स्थानको रियल म्याड्रिडलाई १४ अंकले पछि पारेको छ, अब बार्सिलोनाले सबै चार खेलमा हार र रियलले सबै चार खेलमा जित निकाले पनि नतिजा भने बार्सिलोनाको पक्षमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja