मेक्सिकोमा मालबाहक ट्रेलर र भ्यान आपसमा ठोक्किँदा २६ जनाको मृत्यु



 

पोखरा

मेक्सिकोमा मालबाहक ट्रेलर र भ्यान आपसमा ठोक्किँदा २६ जनाको मृत्यु भएको छ ।

उत्तरी राज्य तमौलिपासको राजमार्गमा मालबाहक ट्रेलर र भ्यान ठोक्किएपछि आगो लागेको थियो । मालबाहक ट्रेलरलाई तान्ने अगाडिको भाग भने दुर्घटनास्थलमा भेटिएको छैन । दुर्घटनापछि चालक फरार भएको अनुमान छ । दुर्घटनास्थल हेर्दा मृतकको संख्या बढ्न सक्ने अनुमान अधिकारीहरुले गरेका छन् ।

परिवारका सदस्यहरुसहित घुमघाम गर्न निस्किएकाहरु दुर्घटनामा परेको अनुमान छ । दुर्घटनास्थलमा भेटिएको परिचयपत्रको आधारमा दुर्घटनामा मेक्सिकोकै नागरिकहरु परेको अनुमान छ । अधिकारीहरुले दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएका छन् । मेक्सिकोमा सन् २०२१ मा भएको एक सवारी दुर्घटनामा ५३ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja