तनहुँमा इनार सफा गर्ने क्रममा एक युवकको मृत्यु



पोखरा

जिल्लाको व्यास नगरपालिका-१३ पोखरीभञ्ज्याङमा इनार सफा गर्ने क्रममा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ऋषिङ गाउँपालिका-७ का २७ वर्षीय बिपिन भनिने छत्र बहादुर आले रहेको तनहुँ प्रहरीले जनाएको छ ।आले पोखरीभञ्ज्याङका मानबहादुर आलेले सञ्चालन गर्दै आएको सुमन सचिन पोल्ट्री फार्ममा काम गर्दै आएका थिए ।

आले सोही पोल्ट्री फार्मको कम्पाउण्डमा रहेको इनार सफा गर्नको लागि डोरीको सहायताबाट इनार भित्र पसी सफा गर्ने क्रममा अक्सिजन कमीका कारण अचेत भएपछि तत्काल उनको उद्धार गरी उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले बताए ।

आले इनारभित्र अचेत अवस्थामा रहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक विकको नेतृत्वको टोली तथा नेपाली सेनाको उद्धार टोली घटनास्थलमा खटिएको थियो । टोलीले इनारभित्र अचेत अवस्थामा रहेका आलेलाई स्थानीय व्यक्तिहरु समेतको सहयोगमा इनारबाट निकाली उद्धार गरी उपचारको लागि दमौली अस्पताल ल्याएका थिए ।अस्पतालमा पुर्‍याउनासाथ चिकित्सकले आलेलाई मृत घोषणा गरेका थिए । मृत आलेको शव आइतबार परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja