आबुखैरेनीमा बसमा लागू औषध ओसारपसार तीन जना पक्राउ



 

पोखरा

यात्रुवाहक बसमा लागू औषध ओसारपसार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बिहान जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक खण्डमा अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिप तनहुँबाट खटिएको प्रहरी टोलीले चितवनबाट पोखरा तर्फ आउदै गरेको ग २ ख ९१७ न.को बस रोकी चेकजाँच गर्ने क्रममा उनीहरूलाई लागू औषधसहित फेला पारेको हो ।

रौतहटको ईशनाथ नगरपालिका वडा नं.३ बस्ने २० वर्षीय अरुण पटेललाई झोलाबाट डाईजेपाम १९८ एम्पुल,नोरफिन १९८ एम्पुल,फेनारागन १९८ एम्पुल गरी जम्मा ५९४ एम्पुलसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै चितवनको ईच्छाकामना गाउँपालिका वडा नं.६ पाचकिलो बस्ने ५० वर्षीया पुनम गुरुङ र तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं.४ आमबेसी डाडा बस्ने ४२ वर्षीया माया गुरुङले गाडीको डिक्कीमा राखेको २ वटा लगेज ब्याग र एक जेब्रा झोलामा २४ के.जी.गाँजासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । लागु औषध ओसारपसारमा संलग्न तीनै जनालाई पक्राउ गरी थप भई अनुसन्धान कार्य भइरहेको विकको भनाई छ  ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja