तनहुँमा भिरबाट लडेर एक जनाको मृत्यु



पोखरा

तनहुँमा एक जनाको भिरबाट लडेर मृत्यु भएको छ ।

गत वैशाख १७ गतेदेखि हराइरहेका तनहुँको व्यास नगरपालिका-९ गजौडेका वर्ष ५९ का सुरेशकुमार गुरुङ मृत अवस्थामा भेटिएका हुन् । गुरुङको स्थानीय सुदेखोला सात विसे सामुदायिक वनको भिरबाट १११ मिटर तल खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।

गुरुङ बिहीबार दिउँसो मृत अवस्थामा भेटिएका हुन् । बाह्र दिनअघि सोही सामुदायिक वनमा घाँस काट्न जान्छु भनी हिँडेका गुरुङ घर नआएपछि गण्डकी प्रदेश प्रहरी कार्यालयबाट खटिएको कुकुरसहितको प्राविधिक टोलीले खोज तलास गर्दा पनि फेला पार्न सकेको थिएन । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja