पोखराको मालेपाटनमा क्रेनको ठक्करबाट एक महिलाको मृत्यु



 

पोखरा

पोखरामा शुक्रबार साँझ सवारी दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ ।

मृत्यु हुनेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं.४ लाहचोककी ३८ बर्षीया धना अधिकारी रहेकी छन् । पोखरा महानगरपालिका वडा नं. ५ मालेटनस्थित नेपाल विद्युत प्राधिकरणको कार्यालय अगाडि ग१क ५८०५ नं. को क्रेनले ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी अधिकारीलाई तत्कालै गण्डकी मेडिकल कलेज पुर्याइएको र चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  स्थानीयका अनुसार अधिकारी जेब्राक्रसबाट बाटो काट्दै गरेको अवस्थामा क्रेनले ठक्कर दिएको थियो ।

घटनापछि अधिकारीका आफ्न्तजनले गण्डकी मेडिकल कलेज अगाडि करिब तीन घण्टा पृथ्वीचोक, महेन्द्रपुलका सडक अवरोध गरेका थिए । सोक्रममा आन्दोनरत पक्ष र प्रहरीबीच झडप पनि भएको थियो । प्रहरीले क्रेनसहित चालकलाई नियन्त्रणमा लिएर कानूनी प्रक्रिया शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja